
२२ बैशाख,
कोहलपुर — अवैध रूपमा बालुवा उत्खनन् तथा ढुवानी गर्दै आएका ३ वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कोहलपुर नगरपालिका–७ प्रसादीपुर क्षेत्रबाट अवैध गतिविधिमा संलग्न ती सवारी साधनलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका ट्र्याक्टरहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको थियो। सो क्रममा उक्त सवारी साधनहरूलाई जम्मा ९ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक पातलीका अनुसार अवैध उत्खनन् तथा ढुवानी नियन्त्रणका लागि प्रहरीको निगरानी र कारबाही निरन्तर जारी रहनेछ।








