१५ बैशाख,

बाँके — नेपालगन्ज विमानस्थल मा आज (मंगलबार)देखि यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा आएको छ। नागरिक उड्डयन प्राधिकरण द्वारा सुरु गरिएको उक्त सेवाले विमानस्थलदेखि राँझा चोकसम्म करिब दुई किलोमिटर दूरीमा यात्रुहरूको आवतजावत सहज बनाउने लक्ष्य राखेको छ।

विमानस्थल कार्यालयका अनुसार विशेषगरी वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा धेरै सामान बोकेर यात्रा गर्ने यात्रुलाई लक्षित गर्दै सेवा सञ्चालन गरिएको हो। करिब २५ सिट क्षमताको बस पूर्ण रूपमा अपाङ्गमैत्री बनाइएको छ, जसले शारीरिक रूपमा असहजता भएका यात्रुहरूलाई समेत सहज पहुँच दिनेछ।

सेवा प्रयोग गरेकी यात्रु सरिता शर्माले निःशुल्क ट्रलीबसले ठूलो राहत दिएको बताइन्। ‘काठमाडौँबाट यहाँ आउँदा अटोको चर्को भाडा र बार्गेनिङको झन्झटबाट मुक्त भएँ,’ उनले भनिन्।

विमानस्थल प्रमुख सन्तोषकुमार पोखरेलले यात्रु सुविधा विस्तारलाई प्राथमिकतामा राखेर सेवा सुरु गरिएको बताए। उनका अनुसार आगामी दिनमा विमानस्थललाई थप व्यवस्थित, आधुनिक र यात्रुमैत्री बनाउन अन्य सुधारका कामहरू पनि निरन्तर अघि बढाइनेछन्।

प्रतिक्रिया

सम्बन्धित ख