
१५ बैशाख,
बाँके – फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियान अन्तर्गत बाँके प्रहरीले ठूलो सफलता हासिल गरेको छ।
सोमवार जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगञ्जबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बसेका २२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो।
विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ती व्यक्तिहरुलाई खोजी गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको छ।








