६ असोज,

आज नेप्से परिसूचकमा करिब १०५ अंकले वृद्धि हुँदै २ हजार ८ सय १७ अंकमा उक्लिएको छ ।

दुई दिनमा १०१ अंकले गुमेको सेयर बजार आज बुधबार एकै दिन उकासिएको छ ।

नेप्से परिसूचकमा लगातारको गिरावटपछि हिजोबाट सकारात्मक बनेको बजार आज १ सय ४ दशमलव ८८ अंकले बढेको हो ।

कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९.४७ अंकले बढेर ५ सय २८.१० को विन्दुमा पुगेको छ भने कारोबार रकम ६ अर्ब रुपैयाँ माथि भएको छ ।

आज वित्त समूह सर्वाधिक ८.५४ प्रतिशतले उकालो लागेको छ । त्यस्तै विकास बैंक समूह ७.७४ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ३.२८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.१९ प्रतिशत, जलविद्युत समूहमा ५.५७ प्रतिशतले वृद्धि भएको छ ।

त्यसै गरि लगानी समूहमा ४.१४ प्रतिशत, जीवन बीमा समूहमा ३.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८ प्रतिशत, लघुवित्त समूहमा ३.३२ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.६४ प्रतिशत, अन्य समूहमा २.३६ प्रतिशत र व्यापार समूहमा ४.३३ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख