सशस्त्र प्रहरी बलको सचिवालय, सूचना शाखाबाट जारी ताजा निर्देशनमा सांगठनिक मर्यादा र शिष्टाचार विपरीत हुने सामाजिक–सञ्जाल गतिविधि तत्काल रोक्न सबै इकाइहरूलाई आदेश गरिएको छ।

निर्देशनअनुसार केही कर्मचारीले सामाजिक–सञ्जालमा अनावश्यक टिका–टिप्पणी गर्ने, व्यक्तिगत टिप्पणी राख्ने, संवेदनशील विषयमा प्रतिक्रिया लेख्ने जस्ता गतिविधि बढिरहेको भन्दै त्यसले संस्थाको छविमा नकारात्मक असर पारेको उल्लेख छ।

सचिवालयले यसलाई गम्भीर रूपमा लिएर कुनै पनि नाम, पद, वा पात्रविरुद्ध नकारात्मक टिप्पणी, गुनासो, कटाक्ष वा सार्वजनिक वाद–विवादमा संलग्न नहुन चेतावनी दिएको छ।
त्यस्ता गतिविधि अगाडि बढाएमा अनुशासनात्मक कारबाही हुने उल्लेख गरेकाले सबै कर्मचारीलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

निर्देशनमा सामाजिक–सञ्जाल प्रयोग गर्दा सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार संगठनको मर्यादा, छवि र गोपनीयता कायम राख्न विशेष ध्यान पुर्याउन भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख