१० पुस,

काठमाडौं — यातायात कार्यालय तथा ट्रायल सेन्टरहरूमा बिचौलियाको काम गरी सेवाग्राहीलाई दुःख–हैरानी दिने १४ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भक्तपुरको यातायात व्यवस्था कार्यालय राधे–राधे, काठमाडौंको यातायात व्यवस्था कार्यालय गुर्जुधारा तथा दक्षिणढोका ट्रायल सेन्टर लगायतका स्थानहरूबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले लाइसेन्स, ट्रायल तथा अन्य सेवाका नाममा सेवाग्राहीलाई झुक्याउने, अनावश्यक रकम असुल्ने तथा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरूको दैनिक कामकारबाहीमा समेत प्रभाव पार्ने कार्य गर्दै आएको पाइएको छ।

पक्राउ परेका १४ जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख