
३ कार्तिक,
बाँके, कोहलपुर — बाँके प्रहरीले कोहलपुरमा जुवातास खेल्दै गरेका ११ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार राति अन्दाजी १२:३० बजे को समयमा कोहलपुर नगरपालिका–१५ चौधरियागाउँस्थित लक्ष्मी प्रसाद बोहराको पुरानो कुखुराको फर्मभित्र हारजित हुने गरी जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा इ.प्र.का. कोहलपुरबाट खटिएको प्रहरी टोलीले छापा मारेको हो।
छापा मार्ने क्रममा ११ जना व्यक्तिहरूलाई पक्राउ गर्नुका साथै नगद रु. २,८८,८३५ (दुई लाख अठासी हजार आठ सय पैँतीस रुपैयाँ), खोलेको तासका ७ गड्डी र नखोलेको तासका ७ गड्डी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा, जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १५ चौधरीयागाँउ बस्ने वर्ष ५६ को लक्ष्मी प्रसाद बोहरा, सोही ठाउको वड़ा नम्बर १२ निवुवा बस्ने वर्ष ३५ को धन बहादुर परियार, वड़ा नम्बर १५ चौधरीयागाँउ बस्ने वर्ष ४२ को मायाराम थारु,वर्ष ३२ को सन्जय चौधरी, वर्ष ४८ को राम शेवक थारु, बाँकेको खजुरा गाँउपालिका वडा नं. ४ बस्ने वर्ष ४० को किसन सुनार, कोहलपुर नगरपालिका वडा नं. १५ बस्ने वर्ष ४२ को सत्यनारायण थारु, वड़ा नम्बर १२ दाउना बस्ने वर्ष ४७ को खेम बहादुर क्षेत्री, वड़ा नम्बर ९ हवल्दारपुर बस्ने वर्ष ३८ को चन्द्रराज गिरी, जिल्ला डोल्पा मुडकीचुला गाँउपालिका वडा नं. ३ स्थायी घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १४ बैजनाथटोल बस्ने वर्ष ३८ को दिलिप सिंह ठकुरी र कोहलपुर नगरपालिका वडा नं. १४ बस्ने वर्ष ४० को दिपेन्द्र थापा रहेका छन ।
पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिएका छन्।











