
४ कार्तिक,
बग्नाहा, बर्दिया । गएराति राति १२:३३ बजे बर्दियाको ठाकुरबाबा नगरपालिका–४ खैलारमा प्रहरीले छापा मार्दै ९ जना जुवातास खेल्ने व्यक्तिहरूलाई नगद र ताससहित नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय बग्नाहा भुरिगाउँका प्र.ब.ना.नि. बालबहादुर थापाको कमाण्डमा खटिएको १० जनाको टोलीले गोप्य सूचनाका आधारमा टोपबहादुर थापाको घरमा छापा मारेको हो।
प्रहरीले जुवा खेल्ने खालबाट नगद रु. ५१,५००, सहभागीहरूबाट रु. ८४,२२५, र फोहर फाल्ने डस्बिनमा लुकाइएका रु. १५,००० सहित जम्मा रु. १,५०,७२५ नगद र ६ गड्डी तास बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा, घोडासैनी (३२ वर्ष)ठाकुरबाबा न.पा.–४, बर्दिया, सोही ठाउ बस्ने रेशम बहादुर थापा (३० वर्ष), जगतराम थारु (४३ वर्ष), सुदर्शन थापा (३२ वर्ष), दण्ड न्यौपाने (४३ वर्ष), खडक प्रसाद रेग्मी (४८ वर्ष), टोप बहादुर थापा (४६ वर्ष), डम्मर थारु (२६ वर्ष), स्थायी घर गुल्मी धुर्कोट गाउँपालिका–४, हाल ससुराली घर खैलारमा पाहुना आएका बासुदेव घिमिरे (३१ वर्ष) रहेका छन ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।











