३ कार्तिक,

बाँके — बाँके जिल्लामा हालै सरुवा भई ट्राफिक प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्नुभएका प्रहरी निरीक्षक कनक बहादुर शाहीले अव्यवस्थित पार्किङ व्यवस्थापन र दर्ता नभएका सवारीसाधन, विशेषगरी अटो रिक्सा नियन्त्रणलाई आफ्नो पहिलो प्राथमिकताका रूपमा लिने बताएका छन्।

उनका अनुसार, जिल्लाका विभिन्न क्षेत्रमा भन्दा नेपालगञ्जमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले तत्काल सुधारका कदम चालिनेछन्।

शाहीले भने, “सडकमा देखिने अव्यवस्थित पार्किङ, दर्ता नभई अवैध रूपमा सञ्चालन भइरहेका अटोहरू र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूमा कडाइ गर्नेछौं।”

उनले जनसहभागिता र स्थानीय प्रशासनसँगको समन्वयमार्फत बाँकेको ट्राफिक प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख