१ कार्तिक,

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौं उपत्यका छोड्न रोक लगाईएको विषयमा आपत्ति जनाएक छन् । कसैको रोक नमान्ने भन्दै रोकेर देखाउन पनि ओलीले चूनौति दिएका छन् । जेनजी आन्दोलनपछि आज पहिलोपटक पार्टी मुख्यालय च्यासल पुगेका ओलीले सार्वजनिक कार्यक्रममार्फत जाँचबुझ आयोगको सिफारिशमा लगाईएको रोक नमान्ने चूनौति दिएका छन् ।

उनले आफू नेपाल सरहदभित्र जतिबेर आवश्यकता हुन्छ त्यतिबेर जाने घोषणा गरेका छन् । उनले चूनौति पेश गरे,‘म नेपालभरि आवश्यक परेको ठाउँमा जान्छु, के कानुनले समाउँछ, के कानुनले थुन्छ ? म पनि हेर्छु ? कुन लोकतन्त्रले थुन्छ मलाई थाहा छ । जथाभावी गर्ने ? मनपरी गर्ने ?’ गौरीबहादुर कार्की नेतृत्वमा रहेको जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई देशबाहिर जान नदिने र काठमाडौं उपत्यका पनि छोड्न नमिल्ने भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख