२० भदौ,

बाँके – झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले शुक्रबार (भदौ २० गते) देखि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्कासन सुरु गरेको हो।

यसअघि कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको थियो। दोस्रो चरणअन्तर्गत अब सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

झापा इनर्जीलाई कुल ३८ लाख एक हजार नौ सय कित्ता आईपीओ निष्कासन गर्ने अनुमति प्राप्त भएको थियो। यसमध्ये आयोजना प्रभावितलाई ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता शेयर बिक्री गरिएको थियो।

आयोजना प्रभावितका लागि साउन १४ देखि २८ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साउन १४ देखि १८ गतेसम्म आईपीओ बिक्री खुला गरिएको थियो। बाँकी शेयर अब सर्वसाधारणका लागि उपलब्ध हुनेछ।

यस आईपीओको विक्रि प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख