लेख ,बसन्त पौडेल प्युठानी हाल दक्षिण कोरिया

छोरा:
“Hello आमा, दर्शन। सन्चै हुनुहुन्छ?”
आमा:
“आशिर्वाद छोरा। म त सन्चै छु, तिमीलाई कस्तो छ? तर के भनूँ — तिमी जस्तै निर्दोष छोरा जेलमा सडिरहेको खबर सुनेँ। मुटु चिरिएजस्तो लाग्यो। सारै चिन्ता लागिरहेको छ।”

छोरा:
“आमा, त्यस निर्दोष छोराजस्तै म पनि बोल्न रुचाउँछु — गलतलाई गलत, अन्यायलाई अन्याय भन्न डराउँदिन। तर यही कारणले, यो देशमा म जस्ता मान्छे बस्नै नसक्ने वातावरण बनेको छ।”

आमा:
“छोरा, लोकतन्त्र भनेको त जनताको शासन हो। शिक्षा, स्वास्थ्य, रोजगार सबैकुरा पाइन्छ भन्थे नि! त्यसैको आशामा त हामीले भोट हाल्यौं।”

छोरा:
“पाइन्छ आमा, तर पार्टीका कार्यकर्ता र पहुँचवालाहरूका लागि। हामीजस्ता आम नागरिकका लागि त लोकतन्त्र नामको मृगतृष्णा मात्रै रहेछ।”

आमा:
“के अब यो देशमा सधैं यस्तै भ्रष्ट मान्छेहरूकै शासन चलिरहन्छ त छोरा?”

छोरा:
“आमा, उ अमेरिका जस्तो देशमा सुखसयलको जीवन बाँचिरहेकै थियो। तर देशलाई केही दिनुपर्छ भनेर फर्केको थियो। अनि यिनै भ्रष्ट नेताहरूले उ लाइ झुटो आरोपमा जेल हालिदिए। अब देश बचाउन तपाईहरू — देशका आमाबुबाहरूले पनि साथ दिनुपर्छ।”

आमा:
“साथ दिन चाहन्छु छोरा, तर के गर्न सक्छु र मजस्ती आमाले? तिमीहरूलाई विदेश पठाएर हामी रातभर निदाउन सक्दैनौं। चाडपर्व त भुलिसकेका छौं। कतै केही भयो भने तिम्रो आँखा को आसु पुछ्ने पनि कोही छैन… 😢”

छोरा:
“आमा, तपाईंहरूका आँखा र मनको पीडा हामीलाई पनि थाहा छ। अब समय आएको छ — देश लुट्ने नेताहरूलाई भोट नहाल्ने। तबमात्र परिवर्तन सम्भव छ। अनि हामीजस्ता युवाहरू पनि फेरि देश फर्किने वातावरण बन्छ।”

आमा:
“हो छोरा, अब हामी परिवर्तन गरौँला। आगामी चुनावमा भोट सही ठाउँमा हाल्नेछौं। अब घर कहिले आउँछस त? बाबु त बिरामी हुनुहुन्छ, भेट्न नपाउने भयले दिनरात चिन्तामा हुनुहुन्छ।”

छोरा:
**“आमा, म भगवान पशुपतिनाथसँग प्रार्थना गरिरहेको छु — तपाईंहरू सधैँ स्वस्थ रहनुहोस्, बाबा चाँडै ठिक हुनुहोस्।
अब यो निर्दोष छोरालाई जेलबाट निकाल्न, देश बदल्न — २०८४ सालमा भोट हाल्न म फर्किनेछु, आमा।”

प्रतिक्रिया

सम्बन्धित ख