काठमाडौं — “जनताको सेवक” भन्ने उपाधि पाएको ट्राफिक प्रहरी, अहिले सर्वसाधारणमाथिको दमनकारी व्यवहारले आलोचनाको घेरामा छन्। हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडिओले प्रहरीको व्यवहार र राज्यको संयन्त्रप्रति गम्भीर प्रश्न उठाएको छ। भिडिओमा एक ट्राफिक प्रहरी, कानून र मर्यादाको घेराभित्र रहनुपर्ने जिम्मेवारी बिर्सिएर, एक सर्वसाधारणलाई घुँडाले पछार्दै निर्घात कुटिरहेको देखिन्छ।

उक्त भिडिओमा देखिएका ट्राफिकले न संयमता अपनाए, न नै कानुनी प्रक्रिया पालना गरे। बरु उनी आफैं नै ‘न्यायाधीश’ बनेर सडकमै सजाय सुनाइरहेका थिए — त्यो पनि बलप्रयोग गरेर। यस्तो व्यवहारले “जनताको सेवक” होइन, “जनताका शत्रु” भन्ने छवि निर्माण गरिरहेको छ।

सवाल यत्ति हो — के नियम उल्लंघनको नाममा सडकमै यसरी अत्याचार गर्न पाइन्छ? यदि सर्वसाधारणले गल्ती गरेका थिए भने त्यसको प्रक्रिया छ, अदालत छ, कानूनी चेतावनी छ। तर, यहाँ ट्राफिकले वर्दीको आडमा दण्ड दिन थालेका छन् — त्यो पनि गालीनजिकको घुँडाले, दम्भसहित।

सार्वजनिक चासोको विषय बनेको यो घटनाले गृह मन्त्रालयप्रति गम्भीर प्रश्न उठाएको छ — अब कारबाही कहिले? ट्राफिक जस्तो संवेदनशील निकायमा यदि जिम्मेवारीभन्दा घमण्ड बढ्न थाल्यो भने, त्यो केवल व्यक्तिको समस्या होइन, प्रणालीको नै विफलता हो।

अब सडक मौन छैन। जनताको आवाज गुञ्जिएको छ — वर्दीभित्रको दम्भको अन्त्य होस्, सेवाभाव जागोस्। नत्र, प्रहरीप्रति भरोसा होइन, त्रास फैलिनेछ।

प्रतिक्रिया

सम्बन्धित ख