
२१ फागुन,
काठमाडौं : प्रमुख प्रतिपक्षी दलहरू कुलमान घिसिङको पक्षमा एक भएर देखिएका छन्। माओवादी केन्द्रले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि सरकारले कुनियतका साथ पटकपटक स्पष्टीरकण सोधेको भन्दै संसद्मै आपत्ति जनाएको छ। बुधबारको प्रतिनिधिसभामा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले एउटा कुशल कर्मचारीलाई सरकारले बद्नियत राखेको भन्दै त्यसविरुद्ध रुलिङ नै माग गरे।
सांसद पाण्डेले अन्य प्राधिकरण एवं संस्थानलाई कसरी विद्युत् प्राधिकरण जस्तै नाफामुलक संस्था बनाउने भनेर सोच्नुपर्नेमा सरकार उल्टै कुलमानलाई पाखा लगाउन लागिपरेको बताए । उनले सरकारले गर्न खोजेको के हो भन्दै स्पष्ट पार्न सरकारसँग माग पनि गरे।








