२९ माघ,

सुर्ख़ेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार नै भ्रष्टहरुको सरकार भएको भन्दै गलत गरेर हेरेर नबस्ने चेतावनी दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेइमानको संज्ञा दिए । पार्टीको कार्यक्रममा सहभागी हुने सुर्खेत पुगेका दाहालले पत्रकारहरुसँगको कुराकानीमा यस्तो आरोप लगाएका हुन् ।

उनले अहिलेको सरकार अपारदर्शी रहेको पनि आरोप लगाए । तर, आफूहरु सरकार ढाल्ने पक्षमा नभएको उनको जिकिर छ । उनले भने,‘यो सरकार अपारदर्शी छ । जति चलोस् चलोस् हामीलाई टेन्सन छैन। यो सरकार भ्रष्टाचारीलाई बचाउनका लागि बनेको हो । यो भ्रष्टहरूको सरकार हो । उनीहरूले गलत गरे हेरेर त बस्दैनौँ ।’

सो क्रममा उनले आफूले गिरीबन्धु टि–स्टेटको विषयलाई सदनदेखि सबैतिर उठाएको र अहिले अदालतमा पनि सो विषयमा रिट परेकोले गम्भीर रुपमा अदालतले हेर्ने विश्वास दिलाए । दाहालले सरकारले ल्याएका अध्यादेश गलत रहेको भन्दै आफ्नो दलले साथ नदिने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित ख