
११ कात्तिक,
बाँके । कोहलपुर नगरपालिकामा अत्यावश्यक बाहेक सम्पूर्ण सेवा स्थगन गरिएको छ ।
पालिकाले सूचना प्रकाशित गर्दै कर्मचारी माथि भएको अभद्र व्यवहारको कारण सेवा प्रवाहमा खटिएका कर्मचारीहरु त्रसित भई असुरक्षा समेत महसुस भएको भन्दै सेवा प्रवाह स्थगन गरिएको हो ।
“कात्तिक ९ गते त्रिभुवन मा. वि., कोहलपुर १० का शिक्षकले छात्रासँग सामाजिक सञ्जालमा गरेको कुराकानीको विषयलाई लिएर कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत शाखा प्रमुख / उपसचिव माथि भएको अभद्र व्यवहारको कारण सेवा प्रवाहमा खटिएका कर्मचारीहरु त्रसित भई असुरक्षा समेत महसुस भएको, सेवा प्रवाहको वातावरण नभएको र विधि सम्मतरुपले हल गर्नुपर्ने विषयलाई कानून विपरीत अभद्र व्यवहार गर्ने पक्षलाई कानूनी दायरामा ल्याई आगामी दिनमा शान्तिपूर्ण रुपले सेवा प्रवाह गर्ने वातावरण सृजना गर्न माग गर्दै कात्तिक ११ गते अत्यावश्यक सेवा वाहेक अन्य सेवा प्रवाह स्थगन गरिएको सूचनामा भनिएको छ।”






