
१८ भाद्र,
बाँके । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाँकेको २४ औं जिल्ला सम्मेलन मंगलवार सम्पन्न भएको छ।
अखिल (क्रान्तिकारी)बाँके जिल्लाको २४ औ जिल्ला सम्मेलनबाट सुनिल बटालाको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति सर्वसहमतिले निर्वाचित भएको छ ।
जसमा उपाध्यक्ष शान्ति बिक, उपेन्द्र आचार्य, भरत बुढाथापा, दिपेन्द्र शाही, सुबास मल्ल निर्वाचित भएका छन्।
यस्तै सचिवमा लक्ष्मण मानव, सहसचिवमा स्वसिका थारु, जनक शर्मा (विनोद), जनक विएल, ईश्वर चन्द निर्वाचित भएका छन्। यसैगरी कोषाध्यक्षमा राम बर्मा निर्वाचित भएका छन्।





