
मिति २०८१।०३।१९ गते बाँके जिल्लाको नेपालगंज उ.म.न.पा.वडा न.२१ बसन्त मल्ल चोक नजिक वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरी ल्याएको ९२८० पिस जम्मा अन्दाजी मुल्य रु.१०,०५,०००।– (दश लाख पाँच हजार) बराबरको Mobile Screen Guard फेला पारी ढुवानीमा प्रयोग गरिएको २ थान मोटरसाईकल र ३ थान साईकल सहित बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाईएको वडा प्रहरी कार्यालय नेपालगंज बाँकेले बताएको छ।









