१० असार,
सुरज चौधरी/बर्दिया । बारबर्दिया नगरपालिका वडा न. ९ बैदी चोक नजिकै रहेको अजय कटेजका सञ्चालक जग राम थारु सँग हामी घुमुवा प्रहरी हौं एसपी साब बाँके जानु भाको छ म ३/४ बजे तिर फुर्सदमा हुन्छु अहिले डिउटी छोडेर जान मिल्दैन नत्र कार्बाही हुन्छ सायद यो विषयमा छलफल पनी हुन् सक्छ नत्र कटेजमा छापा हान्न सक्छ त्यो म भन्न सक्दिन मैले कन्ट्रोल गर्न सक्ने भनेको आज सम्म मात्र हो आज सम्म केही गर्नु भो भने ठिक छ नत्र हजुर आफै जान्नु होला तपाईलाई ४ बजेको समय दिन्छु व्यवस्था राम्रो गरेर आउनु होला नत्र सधैको लागि होटेल बन्द हुन् सक्छ भनि धम्कि दिएर बाँसगढी मा रहेको अतिथि होटेल नजिकै बोलाएका रामजान अलि गुज्जर अजय कटेजका संचालकलाई अरु मान्छेहरु लिएर आएको देखेपछी मोबाईल अफ गरेर सम्पर्कबाट टाढा भएका थिए ।प्रहरीले उनीहरुलाई बाँसगढी नगरपालिका वडा नं. ३ मानखोला नजिकबाट पक्राउ गरेको हो ।कोहलपुर ३ का नन्दलाल थारु र कोहल्पुर ४ घर भएका नेपाली काँग्रेसका युवा नेता रामजान अलि गुज्जर अपराधिक लाभ कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक प्रवीण धितालले बताउनु भएको छ।
उक्त सम्बन्धमा बर्दिया जिल्ला अदालत पेश भई ७ दिनको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । यस भन्दा अगाडि पोष्ट भएको समाचारलाई बाँके अपडेटको फेसबुक पेजमा रिपोर्ट गरेर नदेखाउने बनाएको हुँदा फेरी यो समाचार प्रकार्शन गर्न बाध्य भएका छौं। अब पनी यस्ता हर्कत भएमा अडियो रेकर्ड सार्वजनिक गर्न बाध्य हुने छौं ।

प्रतिक्रिया

सम्बन्धित ख