बाँके देशै भरी सहकारी घोटलाको काण्ड चलिरहेको बेला आज कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालक तेज विक्रम थापासहित ४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
जसमध्ये बचत कर्ताको २ अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार भएका तेज विक्रम थापा सहितका सञ्चालकहरुलाई उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ गरिएको स्रोतले बताएको छ । थापा तनहुँका नेपाली कांग्रेसका नेता पनि हुन् ।सहकारी प्रकरण काण्ड बारे छानबिन गर्न बनेको संसदीय समितीको टीओआर मा पनि उक्त सहकारीको नाम उल्लेख गरिएको छ ।तेज विक्रम थापा संलग्न रहेको कृषि सहकारी संस्थाकोपनि छानबिन हुने टीओआरमा नाम उल्लेख गरिएको छ । समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका २९ वटा सहकारी संस्थाको नाम उक्त टिओआर उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख