२० वैशाख,

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा सालिकराम अधिकारी विजयी भएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार लालबहादुर श्रेष्ठलाई पराजित गर्दै अधिकारी विजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार अधिकारीले १८० मतका साथ विजयी हुँदा श्रेष्ठले १७० मत ल्याएका हुन् । त्यस्तै उपाध्यक्षमा दुर्गा ओली १७९ मतका ल्याएर विजयी भएका छन् । भने उनका प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत मात्र ल्याए ।

यस्तै सचिवमा पदम ढकाल १७६ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी नैनबहादुर खत्री १६८ मत मात्र ल्याए । यसैगरी उपसचिवमा लहनु थारु १७८ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी जीवन शाहीले १६८ मत मात्र ल्याएको निर्वाचन समितिले जनाएको छ ।

अर्को महिला उपसचिवमा सङ्गीता थारु १८८ मतका साथ विजयी भइन् । भने उनका प्रतिस्पर्धी मन्जु शर्माले १५० मत मात्र ल्याइन् ।
नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष सालिकराम अधिकारीले अलग–अलग प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख