१७ वैशाख,

बाँके । नेकपा एमाले कोहलपुर कमिटीको दोश्रो अधिवेशनबाट नगर अध्यक्षमा कुल बहादुर भट्टराई विजयी भएका छन् । उनले १९६ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्।

अध्यक्ष पदको अर्का उम्मेदवार नम प्रसाद शर्माले १०९ र अनिता पौडेलले ६३ मत प्राप्त गरेका थिए । यी दुवैलाई भारी मतले पछि पार्दै भट्टराई विजयी भएका छन्।

यस्तै नगर उपाध्यक्ष पदमा सञ्जय थारुले १०० मत ल्याएर विजयी भएका छन् । भने सचिवमा हेम कुमार रावत २०० मत ल्याएर विजयी भएका छन् ।

यसैगरी उपसचिवमा दीपेन्द्र श्रेष्ठ १०६ मत र उपसचिव महिलामा अन्जना धिताल १८० मत ल्याएर विजयी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख