
✍🏻गोबिन्द भण्डारी
एनटिभी कोहलपुरमा रहेको इन्जिनियरिंग बिभाग अन्तर्गत बि.स. २०७८ सालदेखि ०७९ भाद्र सम्मका टेलिभिजनका फुटेजहरु मासिन पुगेका छन । यसको बारेमा कार्यालय मौन रहेको देखिन्छ ।यस विषयमा बाँके अपडेटले समाचार प्रकाशित गरेको हप्ता दिन बित्दा पनि कुनै प्रकृया अगाडि बढाएको देखिदैन । जसले गर्दा सार्बजनिक संस्था जस्तो कार्यालय ब्यक्तिगत स्वार्थमा लिप्त र ब्यक्तिबादी हाबी भएको सहजै देख्न सकिन्छ । जसले गर्दा यहाँ नाताबाद कृपाबाद देखिन्छ । टेलिभिजनमा भएका भिडियो सामाग्री र अबैध रुपमा आवास सुबिधाका विषयमा बारम्बार बुझ्न खोज्दा प्रशासन महाशाखा प्रमुख पुरुशोत्तम महर्जनले जवाफ दिन मानेनन ।
टेलिभिजनको सम्पत्ति भनेको टेलिभिजनमा रहेका भिडियो सामाग्री नै हुन । जुन समचार वा कार्यक्रममा प्रयोग गर्न मिल्ने हुन्छन । तर यहाँ झण्डै करोडौ भन्दा बढि लगानी भएका भिडियो सामाग्री समेत नष्ट वा पुन प्रयोग गर्न सकिने अबस्थामा छैनन् । यहाँ दैनिक छायांकन भएका र विभिन्न समयमा छायांकन गरिएका प्रदेश सरकारका डकुमेन्ट्रीका ओरिजिनल भिडियो समेत नस्ट भएका छन ।
टेलिभिनका भिडियो सामाग्री नष्ट हुदा समेत कोहलपुर कार्यालय र केन्द्रिय कार्यालयबाट कुनै प्रकारको जवाफ माग गरिएको देखिदैन ।
यस्तै कार्यालयमा रहेको आवासका विषयमा कर्मचारी कर्मचारी बीच मनमुटाब सुरु भएको स्रोतले बाँके अपडेटलाई बताएको छ । कार्यालय अन्तर्गत रहेको आवासमा बस्नका लागि जिल्ला बाहिरको कर्मचारी हुनु पर्ने एनटिभीको बिनीयमावलीमा रहेको नेपाल टेलिभिजनका प्रशासन महाशाखा प्रमुख पुरुषोत्तम महर्जनले बताएका छन । तर एनटिभि कोहलपुरमा यो निति वा कानूनको उल्ंघन भएको छ । जसका कारण यहाँ रहेका स्थाई कर्मचारीहरुमा मनमुटाव शुरु भएको छ ।यहाँ केही कर्मचारीहरु बाँके जिल्लामै घर भएको भएता पनि बर्षौ देखि आवासको सुबिधा लिइरहेका छन । यसमा केहिलाई आवास दिने तर केहिलाई आवास नदिदा यहाँ नजिकको चाप्लुसी गर्न सक्नेहरुले मात्र आवासको सुबिधा लिने गरेको स्रोतले बाँके अपडेटलाई बताएको छ।यस विषयमा नेपाल टेलिभिजन प्रशासन महाशाखा प्रमुख पुरुषोत्तम महर्जनसंग बुझ्दा त्यस्तो भएको खण्डमा आफुले कार्वाही प्रक्रिया अगाडी बढाउने र आवास सुबिधा जिल्ला बाहिरका कर्मचारीहरुका लागि मात्र भएको समेत जानकारी दिए । यस विषयमा बाँके अपडेअटले समाचार प्रकाशित गरेको तिनहप्ता हुँदा समेत सम्बन्धित निकाय कानमा तेल हालेर बसेको देखिन्छ । जसले गर्दा यहाँ आफ्नालाइ काखा र अरुलाइ पाखा गर्ने प्रचलन बड्दै गएको आरोप लाग्ने गरेको छ।








