
२१ फागुन,
काठमाडौं : नयाँ सत्ता गठबन्धनबाट पहिलो चरणमा आज तीन नेताहरू मन्त्रीको शपथ लिँदैछन्।
सत्ता समीकरणबाट माओवादी, एमाले र रास्वपाबाट १/१ जना मन्त्री बन्ने पक्का भएको हो। पहिलो चरणमा नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाबाट डिपी अर्यालले विनाविभागीय मन्त्रीको शपथ लिँदैछन्।
प्रधानमन्त्री प्रचण्ड शीतलनिवास निवास पुगेर यी तीन मन्त्रीहरूको शपथबारे राष्ट्रपतिलाई जानकारी गराइसकेका छन्।





