२० फागुन,

✍️गोविन्द भण्डारी

बाँके । शैक्षिक शस्त्र सकिने बेलामा कोहलपुर नगर शिक्षाले कक्षा १ देखी ३ सम्मको पाठ्यपुस्तक हाम्रो कोहलपुर तयार भएको भनि नेसनल प्रेस बाट किताब लिई वितरण गरी स्थानिय पाठ्यक्रम कार्यान्वयनमा सहयोग गर्नु भनि सबै कोहलपुर नगरभित्र रहेका सन्चालक तथा प्रिन्सिपलहरुलाई कोहलपुर शिक्षा शाखाले संस्थागत विद्यालयहरुको ग्रुप च्याट मार्फत अनिवार्य रुपमा उक्त पुस्तक किन्नको लागि दबाव दिने गरेको स्रोतले बताएको छ।

साथै उक्त च्याटमा एक हप्ता पछी स्थानिय पाठ्यपुस्तक कार्यान्वयन गरे नगरेको नगरपालिकाबाट अनुगमन हुनेछ भनि शैक्षिक सत्र सकिने बेलामा उक्त पुस्तक किन्न बाध्य पारिएको नाम नखुलाउने सर्तमा संस्थागत विद्यालयका संचालकहरुले बाँके अपडेट लाई बताएका छन्। शैक्षिक शस्त्र सकिने बेलामा उक्त पुस्तक लिन बाध्य पारिदा यसले कोहलपुर नगर शिक्षा माथि गम्भिर प्रश्न चिन्ह समेत उठ्ने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख