१७ पुस,

टोकियो । जापान एअरलाइन्सको एक यात्रुवाहक विमान टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गरे लगत्तै त्यसमा आगोको मुस्लो देखिएको छ।

त्यहाँको समाचार प्रसारक एनएचकेले देखाएको भिडिओ फुटेजमा मुस्लो विमानको झ्याल र तलपट्टिबाट आएको देखिन्छ। धावनमार्गमा समेत आगो देखिएको छ।

अधिकारीहरूलाई उद्धृत गर्दै एनएचकेले अवतरण लगत्तै उक्त विमान अर्कोसँग ठोकिएको हुनसक्ने जनाएको छ।

जेएएल ५१६ विमान होकाइदोबाट उडान गरेको विवरणहरूमा जनाइएको छ। घटनाबारे थप विवरण आउने क्रममा छ।

प्रतिक्रिया

सम्बन्धित ख