३ जेठ,

बाँके। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाँकेले नक्कली शरणार्थी प्रकरणमा मुछिएका भ्रष्टाचारीलाई कारबाही गर्न माग गरेको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय. सिंहदरवार काठमाण्डौलाई जिल्ला प्रशासन कार्यालय, बाँके माफर्त विज्ञप्ति बुझाउँदै माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ “नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखनको गिरोह माथि सरकारले कारवाहीको प्रकृया शुरू गरेको छ । अहिले यस काण्डमा उच्च तहका राजनितिक नेता र उनका छोरा, छोरी, कार्यकर्ता र प्रशासनिक अधिकारीहरू पर घेरामा पर्दै आइरहेका छन् । यस घटनाको प्रकृतिले यो घटनाको आर्थिक अनियमितता मात्र नभई सावन तस्करी हो । यो नेपाली नागरिकको अनादर मात्र होइन, देशद्रोही हुनुका साथै जघन्य अपराध हो । सरकारको यो कदम माथि अनेरास्ववियू वांके लगायत हाम्रो पार्टी नेकपा एकिकृत समाजवादीको पूर्ण समर्थन र सहयोग रहने कुरा सम्माननिय प्रधानमन्त्री ज्यूलाई जानकारी एवं विश्वास दिलाउन चाहन्छौं । यसरी छानविनको दायरा बढ्दै जादा यस काण्डको अनुसन्धानलाई नाजायज तवरले प्रभाव पार्ने कुरा पनि बाहिरीएको छ । भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा प्रभावकारी कानुन तथा प्रशासनिक कारवाही नहुंदा लोकतन्त्र र न्याय कमजोर हुँदै जान्छ । विगतका कैयौं घटनाहरू स्वार्थ समुहका दबाबले ढाकछोप भएका छन्, तसर्थ विभिन्न शक्तिले विभिन्न बाहानामा पार्ने दबाब र प्रभावबाट यो काण्डको अनुसन्धान र कारवाही प्रक्रिया कमजोर हुन नजाओस् ।दोषी जोसुकै होस् जुनसुकै पार्टी संगठन अर्थात प्रशासनका उच्च अहोदाका अधिकारी उक्त घटनामा संलग्न जो कोही पनि नछुट्ने गरी सत्य तथ्य घटनाको छानवीन गरी दोषि माथि अविलम्व कारवाहीको लागि माग गर्दछौं । साथै दवाएका र लुकाएका अन्य भ्रष्टाचारका फाईलहरू माथि तत्काल छानविन प्रक्रिया अगाडी बढाउनु हुनका निमित्त पनि जोडदार माग गर्दछौं ।””

प्रतिक्रिया

सम्बन्धित ख