
२५ वैशाख,
काठमाडौं : प्रतिनिधिसभाको जारी बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले कपडा खोलेका छन्।
सोमबार सिंहले संसद् सञ्चालन सुरु भएलगत्तै बोल्न खोजेका थिए। तर सभामुख देवराज घिमिरेले रोकेपछि सिंहले कपडा खोलेर विरोध जनाएका हुन्।
उनको व्यवहारबाट रुष्ट बनेका सभामुखले सिंहलाई त्यसो नगर्न चेतावनी दिए। ‘माननीय अमरेस कुमार सिंह, कृपया प्रतिनिधिसभाको सम्मान गर्नुस्। अन्यथा नियमावलीअनुसार कारबाही गर्छु’, सभामुखले चेतावनी भाषामा भने।
त्यसपछि सिंहले धमाधम कपडा लगाएर सिटमा बसे त्यसपछि नियमित तवरबाट बैठक अघि बढेको छ।






