
९ चैत,
बाँके । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियू निर्वाचनमा संयुक्त गठबन्धनको प्यानल विजयी भएको छ ।
सभापतिमा अनेरास्ववियूका माधव खत्री ७ सय ५६ मत ल्याएर विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका जीवनराज सुवेदीले ६ सय ६६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, सभापतिका उम्मेदवार मुकेशसिंह कुँवरले १०९, भावना थापाले १९ र सुजल परियारले १६ मत पाएका छन् ।
सचिवमा अखिल क्रान्तिकारीका हरेन्द्रबहादुर विक ९ सय ७६ मत ल्याएर विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका नर्देव थारुले ६ सय ५६ मत प्राप्त गरे ।
त्यसैगरि कोषाध्यक्षमा संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका भरतराज बुढथापा आठ सय ७७ मत ल्याएर विजयी भएका छन् भने उनका निकतम प्रतिद्वन्द्वी नेविसंघका देवी रेग्मीले ७ सय ३९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
सदस्यमा संयुक्त प्यानलका सुरेन्द्र रावल, पंकज सिजापति, टेकराज कँडेल, चिरन्जिवी बुढा, निराजन अवस्थी, सुशिल बर्मा, सरस्वती बुढामगर र महेश शर्मा विजयी भएका छन् ।
निर्वाचनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी विप्लव, राप्रपा लगायत दलका विद्यार्थी संगठन वीच गठबन्धन भएको थियो भने नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठन वीच तालमेल भएको थियो ।





