१७ फागुन,

कोहलपुर । कोहलपुर नगरपालिकाले अतिक्रमण गरी बनाइएका घर टहरा ३ दिन भित्र हटाउन आग्रह गरेको छ ।

पलिकाले बुधबार सूचना प्रकाशित गर्दै कोहलपुर नगरपालिका वडा नं १, कौशिलानगर स्थित सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका पुर्वमा नेपालि सेनाको तालिम शिक्षालयको कम्पाउण्ड, पश्चिममा रत्न राजमार्ग, उत्तरमा रत्न राजमार्गको सार्वजनिक खालि जमिन र दक्षिणमा कौशिलानगरको प्रहरी विट यति चार किल्ला भित्र रहेका घर टहराहरु यस कार्यालयवाट पटक-पटक FM, पत्रपत्रिका, माइकिङ, लिखित तथा मौखिक रुपमा सार्वजनिक अतिक्रमण हटाउन आग्रह गरेको हो ।

पटक पटक सार्वजनिक अतिक्रमण हटाउन आग्रह सम्बन्धी सुचना जारी गर्दा समेत हटाएको नपाइएकोले सूचना प्रकाशित भएको ३ (तिन) दिन भित्र हटाउनको लागि अन्तिम पटक यो सुचना जारी गरिएको पालिकाको सूचनामा उल्लेख गरिएको छ ।

उक्त सूचनालाई बेवास्ता गर्दै सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका घर टहरा तथा सामानहरु नहटाएमा चौथो दिन जे.सी.भि मेसीन प्रयोग गरी उक्त घर टहराहरु हटाइने छ र उक्त घर टहराहरु हटाउदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल गरिने सूचनामा भनिएको छ।

सूचनामा हेर्नुहोस्!

प्रतिक्रिया

सम्बन्धित ख