१५ पुस,

बाँके । विश्वविख्यात फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ।

क्यान्सरबाट पीडित ब्राजिलका फुटबलर पेलेको उपचार भइरहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले स्थानीय समय अनुसार दिउँसो ३ः२७ बजे उनको मृत्यु भएको जानकारी दिएको छ।

तीन पटक ब्राजिललाई विश्वकप जिताएका उनले चार पटक विश्वकप खेलेका थिए। पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए। सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।

६२ वर्ष फुटबल खेलाडीको रुपमा बिताएका उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे। ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन्। २१ वर्षको करियरमा उनले कुल १,३६३ खेल खेल्दा विश्व कीर्तिमान १,२८१ गोल गरेका थिए।

पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट गुज्रिरहेका थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख