
५ मंसिर,
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले सत्ता गठबन्धन र एमाले उम्मेदवारभन्दा दोब्बर मतले अग्रता कायम लिएकी छिन्।पछिल्लो मतपरिणामअनुसार गौतमले ८०८ मत ल्याएर अग्रता कायम गरेकी हुन्।
उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्ती र नेकपा एमालेका मणिराम फुयाँललाई पछि पारेकी हुन्। घर्तीले ४७८ मत ल्याएकी छन् भने फुयाँलले ४६२ मत पाएका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेल ३६६ मत ल्याउँदै चौथो स्थानमा छन्।





