जेष्ठ-१३,बाँके ।
✍️बिजय काफ्ले

बाँके जिल्ला स्थित नेपालगन्ज मेडिकल कलेज कोहलपुरको व्यापक लापरबाही कै कारण मानिसको अत्याधिक मृत्यु भएको उद्योग बार्णिज्य सङ कोहलपुरका निबर्तमान अध्यक्ष एबम उद्योग बार्णिज्य महासङका केन्द्रीय सद्स्य चक्र अधिकारीले आफ्नो फेसबुक मार्फत जनाएका छन ।

उनका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आइ. सि.यु. वार्ड र क्याविन खाली हुदा समेत उक्त कलेजका सह निर्देश डा. नितेस कनोडिको सोर्स-फोर्स बिना अस्पतालमा भर्ना नलिनु, डाक्टरहरु समेत बिरामी प्रती कुनै चासो नदिने जम्मा एक पटक आए जस्तो मात्र गर्ने, अस्पताल भित्रै औषधिको कालोबजारी भएको आदि कुरा उनले आफ्नो फेसबुक पोष्ट मार्फत जनाएका छन ।

नेपालगन्ज मेडिकल कलेजले गरेको कालोबजारी, बिरामी प्रती गरेको लापरबाही र मनोमानी आदि बिषयमा पटक पटक समाचार सम्प्रेषण गर्दा समेत समन्धित निकायहरु बाट कुनै कार्बाही नहुदा उच्च आर्थिक चलखेल र सेटिङ माथी सम्म रहेको बुझ्न सकिन्छ ।

चक्र अधिकारि आफ्नो फेसबुक एकाउन्टमा यस्तो लेख्छ्न (जस्ताको त्यस्तै) :-

“कोहलपुर क्षेत्रमा कोरोनाका कारण मृत्युदर वृद्धि हुनुमा मेरो देखाइ र भोगाइ-

१) कोहलपुर मेडिकल कलेजबाट पि. सि. आर. रिपोर्ट आउन ५ देखि ७ दिन लाग्नु र उक्त समयमा कोरोना तिव्र गतिमा फैलनु तथा लक्षण देखिएका बिरामिलाइ रिपोर्ट बेलामा नदिनु र भर्नापनि नलिनु !

२) मेडिकल कलेजमा भर्ना प्रक्रियामा ढिलाइ, कोभिड पेइङ्वार्ड, आइ. सि. यु. वार्ड र क्याविन खाली हुदा समेत डा. नितेस, डा. दिनेस र सोर्स-फोर्स बिना भर्ना नलिनु !

३) २४ घण्टामा डा. एकपटक मात्र आउनु र बिरामिको समस्या नबुझी स्टाफ-नर्सको भरमा बिरामी बस्नुपर्ने !

४) कोरोनाको अति आवस्यक औषधि हस्पिटल भित्र सेटिङ्मा मात्र उपलब्ध हुने अन्यथा औषधि खोज्न दिनभर लाग्ने !

५) हस्पिटलका बेडहरु खाली हुदा समेत लगानीकर्ता दिनेश श्रेष्ठ, लगानीकर्ता सुरेश कनोडियालाइ जानकारी गराउदा डा. को समस्या देखाएर पन्छिनु !

६)बाकेका जिम्मेवार पक्ष गैर जिम्मेवार भैदिन, अनुगमन नगर्नु र पत्रकारहरुको पनि यसमा आफ्नो कुनै भुमिका नदेखिनु!”

यस अस्पतालको गैर-जिम्मेवारीपनको बिषयमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतम लाई फोन र इलेम मार्फत बाँके अपडेट मिडियाले जानकारी गराउदा समेत कुनै खास प्रतिक्रिया भने आएन । उक्त मेडिकल कलेजका संचालक को पहुच निकै माथी सम्म रहेकाले बाँके जिल्लाका प्रशासकले कुनै अनुसन्धान र कार्बाही गर्ने आट समेत नगर्ने जानकारहरु बताउछन ।

जनताको स्वास्थ्य माथी खेलबाट गर्ने अघिकार कसैलाइ नरहेकाले उक्त नेपालगन्ज मेडिकल कलेज कोहलपुर लाई आवश्यक अनुसन्धान गरि तत्काल कानुनी दायरामा ल्याउन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित ख