३१ असार,

बाँके । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन।

एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागी भएपछि गभर्नर अधिकारी विवादमा परेका छन । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन्। बैठकमा सहभागी एक नेता भन्छन्, ‘नेताहरुले कुरा उठाउनुभएको थियो। प्रधानमन्त्रीले भन्नुभयो, नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ। राजीनामा दिनुबाहेक के विकल्प हुन्छ र?’

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथी झन आशंका बढेको हो ।

त्यसैगरी उनी यसअघि महाप्रसाद अधिकारीको नामबाटै उक्त विभागको सदस्य रहेको र अहिले एम अधिकारीको छद्म नाम राखेर सदस्य बनेको विषयमा एमालेले आधिकारीक र तथ्यगत ढंगले खण्डन गरी अर्को एम अधिकारी देखाउन नसेकोकाले उनी नै उक्त विभागको सदस्य रहेको र सरकारको काममा पटकपटक असहयोग गर्दै आएको कुरा प्रमाणित भइसकेको छ।

त्यसैगरी, उनले आफ्नो शैक्षिक योग्यता ढाँटेर नियुक्ति लिएको समेत पुष्टि भइसकेको छ। सो विषयमा अदालतमा मुद्धा विचाराधीन रहेकै अवस्थामा उनले लगानी बोर्ड र गभर्नरको जिम्मेवारी निर्वाह गरेका हुन ।

अहिले गभर्नरको विरोधमा सडक र सदनमा चौतर्फी आलोचना भइरहेको छ । साथै विभिन्न राजनितिक दलहरुले राजीनामा समेत माग गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित ख