११ बैशाख,

बाँके । अफ्रिकी देश नाइजेरियाको एक तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ । घटनामा दर्जनौं घाइते भएका छन ।

नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको विस्फोटका कारण सो प्रशोधन केन्द्र ध्वस्त भएको छ । बिस्फोटका कारण प्रशोधन केन्द्रको वरिपरिको गाउँमा समेत क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन ।

‘पहिचान नखुल्ने गरी जलेका धेरै शवहरू भुइँमा छरपस्ट छन् । कोही मानिस रुखका हाँगामा झुन्डिएका देखिन्छन् । उनीहरू सुरक्षाका लागि दौडिने क्रममा विस्फोटमा परेका हुन सक्छन् ’, त्यहाँको युवा तथा वातावरणीय एड्भोकेसी सेन्टर (वाईइएसी) का कार्यकारी निर्देशक फाइनेफेस डुम्नानेले भने ।

अवैध प्रशोधन केन्द्रमा शुक्रबार अबेर राति सञ्चालक र उनीहरूका संरक्षकहरू व्यवसायका लागि भेला भएका ठाउँमा विस्फोट भएको प्रहरीले जनाएको छ ।

नाइजेरियामा बढ्दो बेरोजगारीका कारण निकै नै घातक मानिएको तेल प्रशोधन केन्द्रमा आफैं तेल उत्पादन गर्न जोखिम मोल्ने गरेका कारण वर्षेनी हुने बिस्फोटमा ज्यान जाने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख