
८ बैशाख,
भारतको राजधानी नयाँदिल्ली सत्तारूढ भारतीय जनता पार्टीका स्थानीय नेताको गोली हानी हत्या गरिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पूर्वीदिल्लीमा बुधबार साँझ भाजपाका स्थानीय नेता जितु चौधरीलाई अज्ञात समूहले गोली हानेको थियो ।
गोली लागेका चौधरी छटपटाइरहेको स्थानीयले देखेका थिए। त्यहीबेला प्याट्रोलिङमा रहेको प्रहरी टोली घटनास्थल पुगेको थियो।
घाइते चौधरीलाई निजी गाडीमा राखेर अस्पताल पु¥याइएको थियो। अस्पतालमा डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए।
उनलाई आफ्नै निवास बाहिर गोलि प्रहार भएको थियो । उनको मुखमा ४ वटा गोली र छातीमा २ वटा गोली लागेको थियो ।
चौधरी भाजपाका जिल्ला मन्त्री थिए । प्रहरीले उनीमाथि गोली हान्नेहरू पत्ता लगाउन सिसिटिभी फुटेज अध्ययन गरिरहेको बताएको छ ।






