२९ चैत,

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने व्यक्ति अझै पनि सक्रिय रहेको बताएका छन ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र‚ समावेशी र समानुपातिक चरित्रको संविधानलाई रुचीकर नठान्ने जमात रहेको र उनीहरू सक्रिय रहेको बताएका हुन ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र वा समावेशी समानुपातिक चरित्रको संविधानलाई रुचीकर नठान्ने प्रवृति अहिले हामीले देखिरहेका छौँ‚’ उनले भने‚ ‘कुनै न कुनै रुपले यसलाई विघटन गर्ने वा यसबाट अर्को दिशातर्फ लाद्ने कसरतहरु भइरहेका छन्।’
उनले नेपालका लागि आम जनताले ल्याएको परिवर्तनलाई जनताले अनुभूत गर्ने गरी विकासमा गति लिनुपर्नेमा जोड दिए ।

यस्तै बढ्दो शहरीकरण र त्यसबाट पैदा भएका समस्याहरूलाई समाधान गरेर शहर व्यवस्थापनमा ध्यान दिनु अबको आवश्यकता रहेको उनको सुझाव छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख