
२९ चैत,
बाँके । नेकपा एमालेको नगर कमिटिले नेपालगन्जको मेयर पदमा पशुपती दयाल मिश्रा र उप–मेयर पदमा शान्ती ढकाललाई टुंगो लगाएको छ ।
सोमबार नगर अध्यक्ष दत्त प्रशाद आर्चायको अध्यक्षतामा बसेको ५औं पूर्ण बैठकबाट नेपालगञ्ज उप–महानगरपालिको मेयरमा पार्टीका केन्द्रीय सदस्य पशुपति दयाल मिश्रा र उप–मेयरमा अर्का केन्द्रिय सदस्य तथा बांके सह–इन्चार्ज शान्ति ढकाललाई उम्मेदवार बनाउने सर्वसम्मतबाट टुंगो लगाएको हो ।
नगर कमिटीको बैठकमा मेयर पदमा नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवम लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण प्रशाद श्रेष्ठ, नगर अध्यक्ष दत्त प्रशाद आर्चाय, प्रदेश कमिटी सदस्य रविन्द्र लम्साल र केन्द्रिय सदस्य पशुपती दयाल मिश्रले मेयर पदमा बैठकमा आ–आफनो दावी गरेका थिए ।
त्यसैगरी उप–मेयरमा जिल्ला कमिटी सदस्यहरु महिला नेत्री कृष्णा पाठक, मिना ढकाल, रचना श्रेष्ठ र केन्द्रीय सदस्य शान्ती ढकालले दाबी पेश गरेका थिए ।
स्थानिय निर्बाचनका लागी बांके जिल्लाका ८१ वटै वडामा नेकपा एमालेले सर्वसम्मत उम्मेदवार छान्ने क्रम जारी नै छ ।
सोही क्रमलाई यही हप्ता भित्र सम्पूर्ण उम्मेदवारहरुको टुंगो लागी सक्ने नेकपा एमाले बांकेका अध्यक्ष किस्मत कुमार कक्षपतीले बताए ।





