
२८ चैत,
काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले स्थानिय निर्वाचनमा ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर अगाडि बढ्न आह्वान गरेको छ ।
स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति गर्दै आपसी सहकार्य र परस्पर सहयोगको भावनाबाट अघि बढ्न सबै नेता कार्यकर्तालाई अपिल पनि गरेका छन्।
तालमेल घोषणासम्बन्धि अपिलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षर छ।
गठबन्धनले आपसी मतभेदलाई पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रणसमेत गरेका छन्। उनीहरुले देशैभर ठाउँ र अवस्था अुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका नेता कार्यकर्तालाई आह्वान गरेका छन्।
बैठकपछि बोल्दै कांग्रेस नेता तथा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले तालमेलको मोडालिटीबारे निर्णय गर्न भोलि अपरान्ह चार बजे फेरि बैठक बस्ने जानकारी दिए।






