२४ चैत,

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन ।

बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन।

उनले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताए ।

प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्यास उत्पादन गरी टेम्पो लगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

सुन्दर शहर काठमाडौं अहिले फोहोरको थुप्रो भएको भन्दै प्रधानमन्त्री देउवाले काठमाडौंलाई सुन्दर र हरियाली बनाउनु आजको आवश्यक्ता भएको बताए ।

सोहीक्रममा देउवाले बालबालिकालाई लगाइने खोप अभियानमा टाइफाइड समावेश गरेसँगै नेपाल दक्षिण एशियामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो मुलुक बनेको बताए ।

प्रतिक्रिया

सम्बन्धित ख