१२२४ चैत,

बाँके । नेकपा समाजवादीका जिल्ला सहसचिव एवं युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापा नेकपा एमालेमा प्रवेश गरेका छन ।

विहिबार नेपालगन्जमा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादीका जिल्ला सहसचिव युवा नेता थापा लगायत नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएका हुन ।

ओलीले पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आगामी चुनावमा पाँच दलीय गठबन्धनलाई हराउन सकिएन भने देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र सफल हुने बताए । एमाले सरकारबाट हटेको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको उनले भने ।

सोही क्रममा ओलीले हालै बाँकेको नरैनापुरमा आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक एक लाख दिने घोषणा समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित ख