२३ चैत,

बाँके । २०७९ बैशाख ३० गते स्थानिय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनितिक बृत्तमा उम्मेदवारको चर्चा शुरु भएको छ ।

स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा कुन पार्टीमा कसलाई कहाँ उम्मेदवार बनाउछ भन्ने चासो हरेक टोल, गाउँ, चिया पसलमा बढेको छ ।

यसैबीच राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस बाँकेका महासमिति सदस्य तथा राप्तीसोनारी ९ का वडा अध्यक्ष महावीर वलीको सशक्त दाबेदारी छ ।

अघिल्लो स्थानिय तहको निर्र्वाचनमा सबै भन्दा बढी मत ल्याएर राप्तीसोनार गाउँपालिका वडा नं.९ को वडाअध्यक्षमा निर्वाचित वली राप्तीसोनारी गाउँपालिका अध्यक्षमा सशक्त दाबेदार मानिएका छन ।

वली नेपाली कांग्रेस बाँकेको १४ औं अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा अत्याधिक मत ल्याएर निर्वाचित भएका हुन ।

गाउँपालिका वडा अध्यक्षमा निर्वाचित भएपछि ९(नौं) वटै वडा मध्य वलीले आफ्नो वडामा विकासमा फान्को मारेको देखिएको हुदा वली गाउँपालिका अध्यक्षका लागि उपयुक्त उम्मेदवार रहेको मानिएको छ ।

उनी वडाअध्यक्ष भए पश्चत वडाको विकासमा थुप्रै योगदान पु¥याएका छन । उनले आफ्नो कार्यकालमा सडक कालो पत्रे, पुल निर्माण, वन्यजन्तु रोकथामका लागि तार जाली, विभिन्न स्थानमा तत्बन्धन, सम्रग बाटो स्तरको उन्नती, स्कुलहरुमा बाउन्दरी, पुशु सेवा भवन निर्माण र वडा भवन निर्माण इत्यादी लगायतका थुप्रै विकास कामहरु गरेका छन ।

वली प्रखर, कुशल वक्त, युवा नेता हुन । उनी नेवी संघ कोहलपुरको बागेश्वरी क्याम्पस इकाई उपसभपतिबाट राजतिकि यात्रा सुरु गरेका हुन । नेपाली कांग्रेसका सक्रिय नेता हुदै उनी अहिले राप्तीसोनारी गाउँपालिका वडा नं.९ को वडाअध्यक्ष भइ जनताको सेवामा रात दिन खटिएका छन ।

वडा अध्यक्ष भएका वली भन्नुहुन्छ ‘‘अब गाउँपालिकाको अध्यक्ष भएर गाउँपालिका कै विकास गर्न चहान्छु । वडाअध्यक्ष भएर हासिल गरेको कामको अनुभावलाई गाउँपालिका कै चौतर्फी विकासमा लगाउने छु ।’’

माहावीर वलीले गाउँपालिका अध्यक्षमा दाबी गरे संगै जनतामा खुशी एवम चासोको विषय देखिएको छ । राप्तीसोनारीमा जतातातै वलीले चुनाव जित्न सक्ने बलियो उम्मेदेवारको रुपमा हेरिएको छ ।

गाउँपालिकाको अध्यक्षमा वलीसहित लालुराम थारु, तप्त पौडेल, दोर्णा ओली, लक्ष्मण थारुले दाबेदारी गरेका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख