२० चैत,

श्रीलंकामा फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै अर्को माध्यम ह्वाट्सएप पनि ‘डाउन’ छ । यसको प्रष्ट कारण खुलाइएको छैन । तर, मोबाइल फोन प्रयोगकर्ताहरूलाई ‘दूरसंचार नियामक आयोगद्वारा निर्देशित’ भन्ने सन्देश पठाइएको छ ।

बिहीबार राष्ट्रपति गोटाबायो राजापाक्षेको कोलम्बोस्थित घरबाहिर हिंसात्मक आन्दोलन भएको थियो । प्रहरीले प्रदर्शनकारीमाथि टियर ग्यास, पानीको छर्रा र लाठी प्रहार गरेपछि भीड अराजक बनेको थियो ।

टापुहरूको देश श्रीलंकामा चरम आर्थिक संकट निम्तिएको छ । देशमा दैनिक १२ घन्टाभन्दा बढी समय लोडसेडिङ छ । इन्धन तथा अत्यावश्यक खानेकुरा र औषधिको अभावमा सर्वसाधारण मानिसहरू आक्रोशित छन् ।

श्रीलंका पछिल्लो समयमा चरम आर्थिक सकंटबाट गुज्रिरहेको छ । कागजको अभावमा लाखौँ परीक्षार्थीहरूको परीक्षा रोकिएको छ । त्यस्तै, अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव देखिन थालेको छ । यही समस्यबीच सरकारले आपतकाल घोषणा गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख