
२६ फागुन,
बाँके । नेपालगन्ज उपमहानगरपालिकाले भोलि(शुक्रबार) सार्वजनिक बिदा दिएको छ ।
उपमहानगरपालिकामा कार्यरत कर्मचारीको असामयिक निधन प्रति समवेदना व्यक्त गर्दै शुक्रबार फागुन २७ गते नेपालगन्ज उपमहानगरपालिकासहित सबै वडा कार्यालयहरूमा शोक बिदा दिएको हो ।
उपमहानगरपालिकामा कार्यरत कर्मचारी रामसुरेश यादवको बिहीबार असमायिक निधन भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतका अनुसार सो दिन उपमहानगरपालिका र वडा कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द रहने हुनेछ ।







