
राष्ट्रिय अनुसन्धान बिभागको विभिन्न रिक्त पदहरुमा दरखस्त अह्वान गरिएको थियो ।
कोरोना महामारीका कारण उक्त परिक्षा समयमा संचालन हुन भने सकेन । तर केही समय ढिलो भएनी उक्त राष्ट्रिय अनुसन्धान बिभागको अधिकृत,अनुसन्धान सहायक र सहायक सुचकको परिक्षा भएको थियो ।
उक्त परिक्षाको नतिजा लोक सेवा आयोग बाट नै प्रकाशित बार्षिक क्यालेन्डरमा कार्तिक/मङ्सिर मा आउनेकुर उल्लेख गरेको छ । तर तोकेको समयमा समयमा नतिजा प्रकाशन नहुदा परिक्षार्थि अन्योलमा परेका छन ।
यस बिषयमा लोक सेवा आयोगका एक अधिकारि सङ बुझ्दा उनी भन्छन ” कार्तिक / मङ्सिर भनिएतापनि बिबिध प्राबिधिक कारणले ढिला भएको हो । तर पौष महिना भित्र नै नतिजा प्रकशन गर्ने तयारि भइरहेको उनले बताएका छन । तर कहिले आउने एकिन नभएको उनको भनाइ छ ।









