
१ पुस,
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको मतदानमा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन ।
निर्वाचन समितिका अनुसार उपसभापतिका लागि भएको निर्वाचनमा खड्का २ हजार १२१ र गुरुङले १ हजार ९०८ मत प्राप्त गरी विजयी भएको हुन।
यस अघि कार्यसमितिमा खड्का महामन्त्री र गुरुङ केन्द्रीय सदस्य थिए ।
खड्का उपसभापतिमा शेरबहादुर देउवा ‘प्यानल’बाट उम्मेदवार दिएका थिए भने गुरुङ उपसभापतिमा डा शेखर कोइरालाको ‘प्यानल’बाट उम्मेदवारी दिएका थिए ।
यस्तै उपसभापतिका अर्का प्रत्यासी विजयकुमार गच्छदार दुई मतले मात्र पराजित भएका हुन । उनले १ हजार ९०६ मत प्राप्त गरेका थिए । समितिका अनुसार उपसभापतिका अन्य प्रत्यासी डा चन्द्र भण्डारीले एक हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका थिए ।





