मंसिर-३,बाँके ।

कोहलपुर काङ्ग्रेस नगर अधिबेशनमा हार निश्चित भए पछि बिरेन्द्र शाह माथी राजेन्द्र श्रेष्ठले हातपात गरेर फरार भएको नेबि सङ बाँके जिल्ला सभापति पुर्ण आचार्यले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत बताएका छन ।

उनी आफ्नो समाजिक संजाल फेसबुकमा लेख्छन “कोहलपुर नगर अधिबेशन मा हार निश्चित भए पछि बिरेन्द्र शाह माथी राजेन्द्र श्रेष्ठले हातपात गरेर फरार भएका छ्न । हामी यतिबेला शीत भन्डार मा छौ कसैको दम छ भने आय हुन्छ ।”

कोहलपुरमा आज नेपालि काङ्ग्रेसको नगर अधिबेशन चलेको छ । जसमा बिरेन्द्र कुमार शाह र राजेन्द्र श्रेष्ठ चुनाबी मैदानमा छन । बिरेन्द्र शाहको माहोल राम्रो देखिएकाले श्रेष्ठ आक्रोशित हुँदै हातपात गरेको आचार्यले समाजिक संजाल मार्फत बताए ।

तर घटना बारे आधिकारिक धारणा भने आएको छैन । दुबै अब्बल उम्मेद्बार को रुपमा प्रस्तुत भने भएका छन । उक्त निर्वाचन को मत गणना भने ३ गते बिहान बाट सुरु हुने निर्वाचन समितीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख