१५ कार्तिक,

कञ्चनपुर । भन्सार छली अवैध रुपमा ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।

आइतबार भीमदत्त नगरपालिका वडा नं.४ कालोपुलबाट भन्सार छली ल्याइएका जुत्ता, चप्पल, लेडिज सुट, साडी, धोति, मखमल कपडा, सर्ट र पाईन्ट गरी १ लाख ३० हजार ४ सय ९० को अवैध सामान बरामद गरिएको प्रहरीले बताएको छ ।

बरामद सामान थप आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख