
७ कार्तिक,
बाँके । सवारी दुर्घटना बढी हुने जिल्लाको रुपमा परिचित बाँकेमा दुर्घटना न्युनिकरणका लागि विशेष अभियान चलाउने तयारी रहेकोे बाँके जिल्लाको ट्राफिक कार्यालय प्रमुख इन्सपेक्टर एन बहादुर मल्लले पत्रकार सम्मेलनमा बताएका छन ।
सवारी सधान तिब्र गतीमा हाक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने,साथै चालकले सवारी साधन रोक्दा र अगाडी बढाउदा सवारी संकेत नदिएका कारण दुर्घटना हुने गरेको छ । त्यस्तै पछाडी सवारी चालकले अगाडिको सवारीसँग सहि दूरी कायम नगरी चलाएको हुनाले , सडकमा जथाभावी पार्किङ गरेका कारण बढी दुर्घटना भएको इन्सपेक्टर मल्लले बताए ।
यस्ता र्दुघटना व्युनिकरण लागि ट्राफिक कार्यालयले निम्न योजना तयारी गरेको छ ।
१. दैनिक चेकजाँच
२. आकस्मिक चेकिङ
३. मा.प.से. चेकिङ
४. सिट भन्दा भन्दा यात्रु राख्नेलाई कारवाही गरिने
५. बढि भाडा लिने सवारी अनुगमन
६. बाँके जिल्लाको बजार क्षेत्र भित्र अवस्थित ठेलाहरुलाई नगर प्रहरी संग समन्वय गरी हटाउने
७. यात्रु वाहक सवारी साधनहरुका चालक परि चालकहरुलार्ई सवारी दुर्घटना सम्बन्धि प्रशिक्षण प्रदान गरिने ।
८. बजार क्षेत्रमा एरियामा अव्यस्थित रुपमा पार्किंग गरेका सवारी साधनहरुलाई व्यवस्थित गर्ने ।
त्यसैगरी सडकहरुमा ट्राफिक लाइट र रातिको समयमा टाल्किने स्टिकर टाँस्ने तयारी गरि रहेको इन्सपेक्टर मल्लले बताए ।





