
५ कार्तिक,
देशभरका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाइने भएको छ ।
६ महिनाका बालबालिका देखी लिएर ५९ महिनाका करिब २७ लाख बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउने तयारी छ ।
सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा यस वर्ष दसैँ परेकोले कात्तिक ७ र ८ गते खुवाउन लागिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीका अनुसार, भिटामिन ‘ए’ ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई १ लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई २ लाख युनिट खुवाइने छ।
सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कामर्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख पराजुलील
बताए।
मन्त्रालयले भिटामिन ‘ए’ खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।





